प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अल्कारेजलाई हराउदै जोकोभिचले जिते पेरिस ओलम्पिकमा स्वर्ण

२०८१ श्रावण २१, सोमबार ०८:११ बजे

काठमाडौँ – सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले २०२४ पेरिस ओलम्पिकमा पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । उनले स्पेनका कार्लोस अल्कारेजलाई हराएर विम्बल्डन २०२४ मा आफ्नो हारको बदला लिएका छन् ।

रोमाञ्चक खेलमा जोकोभिचले अल्कारेजलाई ७-६(७-३), ७-६(७-२) ले हराएका थिए ।

यो जितसँगै जोकोभिचले आफ्नो करियरमा पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । त्यस्तै अल्कारेजले पहिलो ओलम्पिक पदक रजत पदक जितेका छन् ।