काठमाडौं – पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै फेरि सार्वजनिक सवारीसाधनको भाडा बढेको छ। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै स्वचालित भाडा वृद्धि गरेको हो ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ ।
यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडादर स्वचालित वृद्धि भएको हो ।
स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ।
नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेलरमट्टितेलमा २७ रुपैयाँ बढाएको थियो।
नयाँ भाडादरको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्