हेटौंडा – श्रीमतीको हत्या गरी फरार ब्यक्ति ४ बर्ष पछि पक्राउ परेका छन् । सुनसरीको ईनरुवा नगरपालिका–४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ बर्षीय बिनोद कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।