प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालको उत्कृष्ट सुरुवात, १० ओभरमै यूएईको ४ विकेट पतन

२०८० बैशाख १८, सोमबार ०४:१८ बजे

काठमाडौं –  एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि करण केसीले दुई, सोमपाल कामी र ललित नारायण राजबंशीले एक–एक विकेट लिएका हुन् ।

नेपालका लागि पहिलो विकेटको रुपमा सोमपालले युएईका कप्तान मुहम्मद वासिमलाई ११ रनमा आउट गरे ।

त्यस्तै करण केसीले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिए । उनले भृत्यलाई आसिफ शेखबाट क्याच आउट गरेका हुन् । उनी भृत्य ९ बलमा ८ रन बनाएर आउट भए ।

करणले युएईका आयन लक्करलाई आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिए । आयन २८ बलमा १३ रन बनाए बनाएर क्याच आउट गरेका हुन् ।

त्यसैगरी ललितले खेलको १०औँ ओभरमा नेपालका लागि चौथो विकेट लिए । उनले युएईका शाहजदलाई १ रनमा क्याच आउट गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म यूएईले ११ ओभरमा ४० रन जोड्दै ४ विकेट गुमाएर खेलिरहेको छ ।