प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

त्रिकोणात्मक एकदिवसीय सिरिज: नेपाल बलिङ गर्दै

२०७८ चैत्र २, बुधबार ०५:१० बजे

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्व बलिङ गर्ने भएको छ।
युएईको सारजाहमा मैदानमा पिएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

यसअघि पिएनजी विरुद्व नेपालले २ वटा एकदिवसिय खेल खेलेको छ र नेपालले दुबै खेलमा फराकिलो जित निकालेको छ। गत वर्षको ७ सेप्टेम्बरमा भएको खेलमा नेपालले २ विकेटको जित निकाल्दा १० सेप्टेम्बरमा भएको अर्को खेलमा १ सय ५१ रनको जित निकालेको थियो।

लिग–२ मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ । लिग–२ मा ७ टिम सहभागि रहेका छन् ।

यस्तो छ प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान),

ज्ञानेन्द्र मल्ल,

दिपेन्द्र सिंह ऐरी,

कुशल भुर्तेल,

आरिफ शेख,

 माेहमद आसिफ शेख,

सागर ढकाल,

करण केसी,

बिनोद भण्डारी,

रोहित कुमार पौडेल र

सोमपाल कामी