प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सिमरामा रहेको जगदम्बा स्टिलमा विस्फोट, एक मजदुर घाइते

२०८२ असार १९, बिहीबार ०६:४९ बजे

सिमरा। बाराको सिमरामा रहेको  जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक  मजदुर  घाइते भएका छन्।

बुधबार राति करिब सवा ९ बजेको समयमा स्टिलको कवाड पेल्ने भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।

विस्फोटमा परेरे मजदुर भारतको बिहार सीतामणी घर भएका अन्दाजी ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। उनी क्रेन चालक भएको बुझिएको छ।

घाइते बैठाको उद्धार गरी उपचारको लागी परवानिपुरमा रहेको एलएस न्युरो अस्पताल पुर्याइको डिएसपी पण्डितले बताएका छन् ।

आगलागी जितपुर सिमरा उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।