हेटौंडा – घाँस काट्ने क्रममा रुखबाट लडेर सिन्धुलीमा र रामेछापमा दुई जनाको मृत्यु भएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६, चिसापानी बस्ने ५० वर्षीया शान्तिमाया माझीको मृत्यु भएको हो । घरबाट करिब २०० मिटर दश्चिणतर्फ आफ्नै बारीमा रहेको स्वामीको रूखमा चढी स्याउला झार्ने क्रममा रूखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रामेछाप, मन्थली नगरपालिका(८, चिसापानी सुहानटार बस्ने ३५ वर्षीया बिन्दा मग्राती आफ्नै घर नजिक रहेको कटहरको रूखमा घाँस काट्ने क्रममा आफैँ लडेर घाइते भएकी थिइन् । उनको उपचारको लागि धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।