प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

उड्दा उड्दै जहाजको इन्जिनमा लागेको संकेत आएपछि...

२०७९ फाल्गुन २५, बिहीबार ०५:१८ बजे

काठमाडौं – काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाज काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी लालमणि आचार्यले जानकारी दिए।

नागरिक उड्यान प्राधिकरणका एक अधिकारीका अनुसार सुरूमा इन्जिनमा आगो लागेको भनेर आएको थियो, अहिले आगोको चेतावनी आएको भन्नेछ। उनले भने, ‘खास के भएको हो यकिन हुन बाँकी छ।’सेतोपाटीबाट