प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एक युवकले गरे आफ्नै आमाको हत्या

२०७९ भाद्र ३१, शुक्रबार ०६:३२ बजे

हेटौंडा – धनुषामा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ ।

मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा मनोजलाई शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।