काठमाडौं – बर्दीबास –८ हात्तीलेटस्थित माई खोल्सीमा नुहाउन गएकी एक किशोरीको डुवेर मृत्यु भएको छ । सोही वडाको पासवान टोलकी १९ वर्षिया जानकीकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोल्सीको पानीमा अचेत अवस्थामा फेला परेकी जानकीको बर्दीबास असपतालमा उपचारको क्रममा मंगंलवार राति ९ बजेतिर मृत्यु भएको बर्दीबास इलाका प्रहरी कार्यालयका डिएसपी रेवतीरमण पोखरेलले बताए ।
घरबाट सोही दिन दिउँसोतिर एक्लै नुहाउन गएकी जानकी साँझ अवेरसम्म पनि नफर्केपछि खोजतलास गर्दा बेहोस अवस्थामा फेला परेको गाउँलेले जनाएका छन् । मृत्युको स्पष्ट कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।
वडाध्यक्ष शमशेर सिंहले जानकी पहिलेदेखि नै छारे रोगको विरामी भएकाले एक्लो अवस्थामा नुहाउन लाग्दा सोही रोगले च्यापेर मृत्यु भएको हुन सक्ने बताए । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाएको छ ।