प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

धम्की दिएर अपराधिक लाभ लिने श्रेष्ठ पक्राउ

२०८० भाद्र २७, बुधबार ०२:१५ बजे

काठमाडौं – ज्यान लिनेसम्मको धम्की दिएर आपराधिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार केही व्यक्तिले काठमाडौंको काँडाघारीस्थित घरजग्गा कारोबार तथा ड्राइभिङ्ग सेन्टर सञ्चालन गर्ने कार्यालयमा पीडितलाई बोल्न कराउन नदिइ ज्यान लिनेसम्मको धम्की दिने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

पीडकले जबरजस्ती २० लाख रुपियाँको चेक र आठ लाख ५० रुपियाँको कागज गराइ पीडितँग आपराधिक लाभ लिएको प्रहरीले जनाएको छ। निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।