प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बसको ठक्करबाट पराजुलीको मृत्यु

२०७९ चैत्र २१, मंगलबार १३:२१ बजे

हेटौंडा – चितवन रत्ननगर नगरपालिका–१, बकुलर चोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय कुल प्रसाद पराजुली रहेका छन् ।

प्रहरीका अनुसार भरतपुरबाट टाडीतर्फ आउँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साईकललाई ठक्कर दिंदा साईकलमा सवार पराजुली गम्भिर घाईते भएका थिए । उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।