प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

वडाअध्यक्षविरुद्ध एक महिलाले बलात्कारको जाहेरी दिईन्, पक्राउ आदेशपछि सम्पर्कविहीन

२०८० आश्विन ८, सोमबार ०२:३२ बजे

ओखलढुङ्गा – सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमलाविरुद्ध जबरजस्ती करणीको आरोपसहित प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेको छ । स्थानीय २५ वर्षीय एक महिलाले उक्त आरोप लगाउँदै धमलाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् ।

जाहेरीका आधारमा आइतबार प्रहरीले वडाध्यक्ष धमलालाई पक्राउ गर्ने आदेश ओखलढुङ्गा जिल्ला अदालतबाट प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए ।

प्रहरीले वडाध्यक्ष धमलाको खोजी कार्य सुरु गरेको जनाएको छ । धमला मोबाइल बन्द गरेर सम्पर्कविहीन भएका छन् । गत स्थानीय तहको निर्वाचनमा धमला नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।