प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा बच्चालाई तेल लगाउने क्रममा आमाको कपडामा आगो सल्किएपछि...

२०८१ मंसिर १७, सोमबार ०९:५० बजे

मकवानपुर – मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका-३, मक्रान्चुलीमा आगलागीको कारणले एक महिला घाइते भएकी छन्। घटनामा जीवन घिमिरेकी श्रीमती ३० वर्षीय दिपा तिमिल्सेना गम्भीर रूपमा घाइते भएकी हुन्।

दिपा तिमिल्सेना टाँडी, रत्ननगर नगरपालिका-२, चितवनकी स्थायी बासिन्दा हुन्। हाल उनी माइतीघरमा बसेकी थिइन्। आगलागीको घटना उनको ५/६ महिनाको बच्चालाई तेल लगाउने क्रममा भएको हो। आगो नजिकै बसेको बेला कपडामा अचानक आगो सल्किएपछि उनी घाइते भएकी हुन्।

उनको कम्मर र ढाडको भाग २१% जलेको छ। घाइतेलाई प्रारम्भिक उपचारका लागि ऐ.२१:४५ बजेको समयमा हेटौंडा अस्पताल लगिएको थियो। थप उपचारका लागि ऐ.२२:३० बजे कीर्तिपुर बर्न सेन्टर, काठमाडौं पठाइएको छ।

घटनाको समयमा घाइतेको बुबा बद्री तिमिल्सेना उपचारमा संलग्न छन्। घाइतेको अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको छ।