हेटौंडा – हेटौंडामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । हेटौंडा उपमहानरपालिका वडा नं.१० बसपार्कमा बिरामी अवस्थामा भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार गत असोज ५ गते दिउँसो ती व्यक्तिलाई बिरामी अबस्थामा प्रहरी टोलीले फेला पारी उपचारको लागि हेटौंडा अस्पताल लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।
उनको उपचारको क्रममा बुधबार अपह्रान्न ४ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । मृतकको पहिचान र आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।