काठमाडौं – केकमा गाँजा मिसाएर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौं महानगरपालिका–१९ घट्टेकुलो बस्ने २६ वर्षका विशन मानन्धरलाई पक्राउ गरेको हो ।
इन्स्टाग्राममा अकाउन्ट बनाई त्यसमार्फत प्रचार गरेर गाँजा मिसाएको केक बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा मान्नधरलाई घरबाटै पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० चक्रराज जोशीले जानकारी दिए ।
मानन्धरको कोठाबाट प्रहरीले एक सय २१ ग्राम गाँजाको धुलो, तयारी अवस्थाको केकको झोल, तीन किलो सात सय ५४ ग्राम गाँजा लगायत बरामद गरेको छ । उनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसाएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले बताए ।