प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरकी एक महिला पोलेन सहित पक्राउ

२०८० श्रावण १३, शनिबार १४:०६ बजे

हेटौंडा – मकवानपुरकी एक महिला अवैध लागूऔषध पोलेन सहित पक्राउ परेकी छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं.७ बस्ने ३० बर्षीया शर्मीला मगर रहेकी छन् ।

धादिङको थाक्रे गाउँपालिका वडा नं.२ समानटारबाट करिब २ केजी लागूऔषध पोलेन सहित मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्रापुरीयाबाट महादेववेशीतर्फ आउँदै गरेको ना.५ ख ६५९० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

*सच्याईएको