प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घरको छतबाट खसेर एक महिलाको घटनास्थलमै मृत्यु

२०८० असार १६, शनिबार ०९:४४ बजे

धनगढी – धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार सार्की छतमा बनाइएको भान्सामा सुतेकी थिइन्।बिहान उठेर तल आउने क्रममा छतबाट लडेको भन्ने सूचना प्रहरीले पाएको थियो। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साउदले बताए।