हेटौंडा – चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२८, शाझापुर बस्ने ५५ वर्षीय जलवा महत्तो रहेका छन् ।
ना २२ प ६८०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महत्तो गम्भिर घाईते भएका थिए । उनको भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल चालक भरतपुर महानगरपालिका–२७ बस्ने ३४ वर्षीय शिवनारायण महत्तो र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।