प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

जंगली च्याउ खाँदा एकै घरका चार जना बिरामी

२०७९ श्रावण २१, शनिबार ०७:१३ बजे

काठमाडौं – जंगली च्याउ खाँदा शनिबार सल्यानमा एकै घरका चार जना बिरामी परेका छन् । बन्गाड कुपिन्डे नगरपालिका–९ जयतपानीमा एकै घरका चार जना बिरामी परेका हुन् ।

बिरामी पर्नेमा वर्ष ४८ का भुपबहादुर ओली, उनकी श्रीमती वर्ष ४५ की मनकली ओली, छोरा वर्ष २३ का प्रकाश ओली र बुहारी वर्ष २१ की सुशिला ओली रहेका छन् ।

बिरामी परेका सबैको जिल्ला अस्पताल सल्यानमा प्राथमिक उपचारपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको अस्पताल ईन्चार्ज एमडिजिपी डा। अभिषेक सिंहले बताए । बिरामी परेकामध्ये दुई जनाको अवस्था गम्भीर भएकाले इन्डोस्कोपी गर्नु पर्ने र आईसियुमा राखेर उपचार गराउनु पर्ने भएकाले दुवै सेवाको व्यवस्था नहुँदा रिफर गर्नु परेको उनले जानकारी गराए ।