प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा लागुऔषध गाँजा सहित एक जना पक्राउ

२०८० भाद्र २८, बिहीबार ०३:४६ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–७ पेन्चेबाट बुधबार बिहान ३ किलो ७ सय ८५ ग्रामसहित लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका–५ बस्ने ५४ वर्षीय रंभु राउत कुर्मी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ह ०१३२ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।