प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पौडी खेल्ने क्रममा दूई बालबालिकाको डुबेर मृत्यु

२०८० श्रावण २६, शुक्रबार ०२:४२ बजे

हेटौंडा – झापाको कन्काई नगरपालिका–१ स्थितमा पौडी खेल्ने क्रममा दूई जना बालबालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय बिजय भुजेलको ४ बर्षीया छोरी निशा भुजेल र देबी माया जोगीको ३ बर्षीय छोरा कुमार जोगी रहेका छन् ।

बिहिबबर बेलुका ५ बजे घर नजिकै रहेको बाघे खोलामा पौडी खेल्ने क्रममा भुजेलको घटनास्थलमै र जोगीको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।