प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भिमादमा जिप दुर्घटना दुई जनाको मृत्यु

२०८० पौष २५, बुधबार १३:०१ बजे

काठमाडौं – पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप तनहुँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा बुधबार बिहान साढे ९ बजे ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा घाइते भएका मध्ये दुई जना मृत्यु भएको हो।

उनीहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। मृतक दुबैको पहिचान खुल्न बाँकी छ।

जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपमा सवार चालकसहित १२ जना घाइते भएका थिए । उनीहरुको उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो । जसमा तीन जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।