प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सहकारीबाट नगद र ल्यापटप चोरी गर्ने तीन जना पक्राउ

२०८० भाद्र १२, मंगलबार ०५:५६ बजे

हेटौंडा – मोरङमा एक सहकारी संस्थाबाट नगद र ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका–७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह रहेका छन् ।

उनीहरुले धनपालथान गाउँपालिका–२ कुशमाहस्थित रहको युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ र २ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ ।

उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।