प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, रामचन्द्र पक्राउ

२०८० मंसिर १८, सोमबार ०९:३८ बजे

हेटौंडा – धादिङको धुनीवेसीमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । धुनीवेसी नगरपालिका वडा नं.१ डुम्रेचौर बस्ने २७ बर्षीय रामचन्द्र बयलकोटीले आफ्नै श्रीमती २० बर्षीया पवित्रा बयलकोटीको हत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालयको सञ्चारशाखाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भन्ज्याङ पोखरी ग्याल्वोचौर निस्किने कच्ची सडकमा रामचन्द्रले आफ्नै श्रीमती पवित्रामाथि धारिलो हतियार प्रहार गर्दा उनी त्यही लडेकी थिइन् । उक्त जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुग्दा महिला घोप्टो परेको अवस्थामा घटनास्थलमै मृत भेटिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमाटमका लागि टिचिङ अस्पताल काठमाडौं पठाईएको छ । हत्यापछि फरार रहेका रामचन्द्रलाई धादिङ धुनिवेशी नगरपालिका वडा नं.७ खानिखोलास्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।