काठमाडौं – अर्जेन्टिनाका सुपर स्टार तथा कप्तान लियोनल मेस्सी कतार विश्वकप फुटबलमा निकै उत्कृत लयमा देखिएका छन् । आफ्नो अन्तिम तथा पाँचौ पटक विश्वकप खेलिरहेका मेस्सीले प्रभावकारी खेल प्रस्तुत गर्दै अर्जेन्टिनालाई फाइनलमा पु¥याएका छन् ।
मंगलबार राती भएको विश्वकपको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको थियो । अर्जेन्टिनालाई फाइनल पुर्याउनका लागि मेस्सीले उत्कृत खेल प्रर्दशन गरेका थिए ।
उनले टोलीका लागि एक गोल गरेका थिए भने एक गोल गर्न अवसर श्रृजना समेत गरेका थिए । बाँकी दुई गोल जुलियन अल्भारेजले गरेका थिए । दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको छ ।
अब अर्जेन्टिनाले विश्वकपको फाइनलमा मोराक्को र साविक विजेता फ्रान्सवीचको बिजेतासंग भिड्नेछ । मोराक्को र फ्रान्सवीचको खेल आज राती हुँदैछ ।
सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यू गरेका मेस्सीको समकालिन फुटबलका महान खेलाडी हुन् । उनी फुटबल इतिहासमा सबैभन्दा बढी ७ पटक बालोन डि’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् ।
सन् २०२१ मा उकै कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो । सन् २००६ को विश्वकपमा १८ बर्षकै उमेरमा मेस्सीले सर्भियाविरुद्धको डेब्यू खेलमै गोल गरेका थिए ।
सन् २०१० को विश्वकपमा फुटबलमा निकै आश गरिएका खेलाडीको रुपमा थिए मेस्सी । तर, उनले सोचे अनुरुप प्रर्दशन भने गर्न सकेनन् । सन् २०१० को विश्वकपमा फुटबलमा निकै आश गरिएका खेलाडीको रुपमा थिए मेस्सी । तर, उनले सोचे अनुरुप प्रर्दशन भने गर्न सकेनन् । उक्त विश्वकपमा पाँच खेल खेले, एक गोल पनि गर्न सकेनन् ।
सन् २०१४ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याए । तर, जर्मनीसंग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो । अर्जेन्टिना उपविजेतामै सिमित रह्यो ।मेस्सी भने सर्बोउत्कृत खेलाडी घोषित भए । सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाका लागि मेस्सीले एक गोल गरेका थिए ।
अहिलो सन् २०२२ को विश्वकप फुटबल जारी छ । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फाइनल पुग्ने पहिलो टिम बनेको छ ।पाँच पटक विश्वकप फुटबलमा सहभागिता जनाएका मेस्सीले करिब एक दर्जन कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
सन् २००६ को विश्वकप फुटबल जर्मनीमा भएको थियो । जर्मनीदेखि कतार विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउने क्रममा मेस्सीले कीर्तिमानको चाङ लगाएका हुन् ।
उनी विश्वकप फुटबलको एकै खेलमा सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरमा गोल र असिस्ट दुवै गर्ने खेलाडी भएका छन् । उनी पाँच विश्वकपमा असिस्ट गर्ने एकमात्र खेलाडी हुन् ।
जारी विश्वकपको समूहगत चरणमा मेक्सिकोविरुद्ध असिस्ट गर्दै उक्त सफलता प्राप्त गरेका थिए । उनी विश्वकप इतिहासमा सर्वाधिक गोल असिस्ट गर्ने कीर्तिमान पनि बराबरी गर्न सफल भएका छन् ।
मंगलबार राती भएको सेमिफाइनलमा क्रोएसियाविरुद्ध जुलियान अल्भारेजका लागि असिस्ट गर्दै डीएगो म्याराडोनाको ८ असिस्टको विश्वकप कीर्तिमान बराबरी गरेका हुन् । मेस्सीले जारी विश्वकपमा मात्र तीन असिस्ट गरेका छन् ।
मेस्सी विश्वकप फुटबलमा सर्वाधिक प्लेयर अफ दी म्याच अवार्ड जित्ने फुटबलर पनि हुन् । उनी १० पटक प्लेयर अफ दी म्याच भएका छन् । जारी विश्वकपमा मात्र मेस्सी अर्जेन्टिनाले खेलेका ६ मध्ये ४ खेलमा प्लेयर अफ दी म्याच बनेका छन् । यसअघि सन् २०१४ मा आयोजित विश्वकपमा अर्जेन्टिना फाइनलसम्म पुग्दा मेस्सी चार खेलमा प्लेयर अफ दी म्याच भएका थिए ।
मेस्सी बुधबार क्रोएसियाविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक खेल कप्तानी गर्ने कीर्तिमान बनाएका छन् । उनी सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् ।
उनले १९ खेलमा कप्तानी गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनी राफा मार्क्वेजभन्दा अगाडि बढेका हुन् । यस्तै विश्वकपमा २५ खेल खेल्दै लोथर मेथाउसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।
मेस्सी विश्वकप इतिहासमा किशोर, २० को दशक र ३० को दशकमा गोल गर्ने एकमात्र खेलाडी हुन् । मेस्सी विश्वकपमा आफ्नो पहिलो र अन्तिम गोलको अन्तर सबैभन्दा फराकिलो भएका खेलाडी पनि हुन् ।
जारी विश्वकपमा मेस्सीले ५ गोल र तीन असिस्ट गरेका छन् ।उनीसंगै फ्रान्सका किलियन एम्बाप्पेले पनि पाँच गोल गरेका छन् । मेस्सीले फाइनलमा पहिलो हाफ खेल्दा विश्वकप इतिहासमा सबैभन्दा लामो समय खेल्ने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनी पाउलो माल्दिनीको नाममा रहेको २ हजार २ सय १७ मिनेटको कीर्तिमान तोड्नबाट २२ मिनेटले मात्र पछाडि छन् ।