हेटौंडा – चितवनको भरतपुर महानगरपालिका वडा नं.११ भोजाडमा तीन वटा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा.प्र.०६–००२ प ७६५ नम्बरको मोटरसाइकल र ना ३९प २१०२ नम्बरको मोटरसाइकल ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकललाई बिशालचोकबाट भोजाडतर्फ आउदै गरेको प्रदेश २–०३–००१ ख ३७९८ नम्बरको टिफरले ना३९प २१०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भरतपुर–११ नवजिवन टोल बस्ने बर्ष ३८ को प्रेम बहादुर तामाङ रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाईते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा पह्रान्न ४ बजेर ४ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिनवटै सवारी साधन र टिफर चालक नियन्त्रणमा रहेपनि बा.प्र.०६–००२ प ७६५ नम्बरको मोटरसाइकल चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।