प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रहरीद्वारा गोली प्रहार गरी लागूऔषध कारोबारी दुईजना पक्राउ

२०८० कार्तिक १५, बुधबार १६:३५ बजे

काठमाडौं – प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।

प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजिएपछि करिममाथि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ । उनको दाहिने तीघ्रामा गोली लागेको छ ।

उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको प्रहरीको भनाइ छ ।