काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको सो दलको संसदीय दलको बैठकमा सरकारमा जाने या नजाने विषयमा छलफल गर्दा सो निर्णय गरेको सो दलले जनाएको छ ।
जसपा प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटमा थप समझदारी नभएकाले सरकारमा नजाने निर्णय भएको बताए । उनले भने, “शक्ति बाँडफाँटमा थप समझदारी नभएकाले जसपा सरकारमा नजाने भएको हो ।”