प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

२०७९ पौष ६, बुधबार ०५:३५ बजे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन् । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।