प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

चट्याङ लागेर एक जना महिलाको मृत्यु

२०७९ भाद्र ३, शुक्रबार ०९:४८ बजे

हेटौंडा – सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थितमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २७ बर्षीय केसी रिषिदेव रहेकी छन् ।

बिहिबार अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङ लागेर घाईते भएकी थिइन् । उनको एपेक्स अस्पताल इटहरी मा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।