हेटौंडा – सर्लाहीको लालबन्दी नगरपालिका ५ रंजितपुरमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।