हेटौंडा – गाईको बाच्छी काटेको अभियोगमा रोल्पाबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी गाउँपालिका–५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् ।
नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट खटिएको प्रहरीले आइतबार उनीहरुलाई दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।