प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कान्ति लोकपथमा ट्रक र बस एकआपसमा ठोक्कियो

२०८० मंसिर २०, बुधबार १५:३२ बजे

हेटौंडा – कान्तिलोकपथ सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.८ प्रतापडाँडामा बुधबार दिउँसो ट्रक र बस एकआपसका ठोक्किएका छन् ।

काठमाडौं तर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा४ ख ५७८० नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ८ ख ६४९९ नम्बरको पराल लोड भऐको ट्रक एकआपसमा ठोक्किएको हो ।

दुर्घटनमा परी ट्रक चालक सर्लाही बागमती नगरपालिका वडा नं.१ बस्ने २५ बर्षीय नारायण बहादुर रायमाझी मध्यम घाइते र बसमा सवार ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार रायमाझीको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई सवारी घटनास्थलमा प्रहरीको नियन्त्रणमा रहेको छ ।