हेटौंडा – धादिङमा पानीको ड्रममा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–४ सुबिटार बस्ने सांढे २ बर्षीया आशिका माझी रहेका छन् ।
मंगलबार आफ्नै घरमा खेल्दाखेल्दै ड्रममा डुबेर घाइते भएकी माझीको उपचारको क्रममा टिचिङ अस्पताल मलेखुमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।