प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ असार ६, सोमबार १०:२३ बजे

हेटौंडा – टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।काठमाडौ महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराती ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

महाराजगंज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे, पैदलयात्रीलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिपर सहित चालकलाई प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ ।