हेटौंडा – ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीबाट एक जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका(२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा परेको थियो । सोही उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।