काठमाडौं – चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि १८ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार आज (मङ्गलबार)सम्म उपनिर्वाचनका लागि १८ दल दर्ता भएको हो ।
नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । दल दर्ता गर्ने राजीतिक दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाएजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ ।
साथै, नेकपा (माओवादी समाजवादी), नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (वीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूति पार्टी, नेपालले दल दर्ता गरेको छ ।