हेटौंडा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
सर्लाहीको बसवरिया गाउँपालिका ४ मा ना ३ त ३७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय ठाउँ बस्ने शम्भु भण्डारीका १० वर्षिय छोरा राजुको मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो । बुधबार दिउँसो पौने १ बजे नियन्त्रण गुमाएर पल्टिदा बालकलाई च्यापेको थियो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ ।
ईलामको ईलाम नगरपालिका ९ गोलखर्क भञ्ज्याङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक पाँचथरको याङवरक गाउँपालिका ४ घर भइ हाल ईलाम नगरपालिका ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धन बहादुर राईको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने गर्दा बाटोमै मृत्यु भएको हो । माईखोलाबाट ईलामतर्फ जाँदै गरेको मे १ प ६२४४ नम्बरको मोटरसाइकललाई ना ४ ख ५६६९ नम्बरको ट्रकले बुधबार बिहान ९ बजे ठक्कर दिएको हो । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको छ ।