हेटौंडा – चितवनको ईच्छाकामना गाउँपालिका ४ चुमखोलबाट त्रिशुली नदीमा मोटरसाइकल खस्दा एक युवतीको मृत्यु भएको छ भने दूई जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार मुग्लिनबाट काठमाण्डौ तर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आज बिहान साढे १० बजे अनियन्त्रित भइ त्रिशुली नदीमा खसेको हो ।
दुर्घटना लगत्तै उद्धारको लागि खटिएको प्रहरीले अन्दाजी ३५ वर्षीया युवतीको शव फेला पारेको छ । बेपत्ता दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रतिगात्मक तस्वीर