काठमाडौं – बंगलादेशमा जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध २५ सेकेण्डमै गोल गरेको छ ।
नेपालकी वर्षा ओलीले आज(बिहीबार) खेल सुरू भएको २५ सेकेण्डमै भुटानविरुद्ध गोल गरेकी हुन् ।
उनले कप्तान दीपा रोकायले दिएको पासमा गोल गरेकी हुन्।
ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भुटानविरुद्ध ४-० गोलको अग्रता बनाएको छ ।
नेपालका लागि ४ गोलनै बषले गरिन् ।
मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।