प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८० बैशाख ४, सोमबार ०६:४० बजे

काठमाडौं – ट्रकको ठक्करबाट दाङमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए।

तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो।

दुर्घटनाका घाइतेमध्ये गोपालको घटनास्थलमै मृत्यु भएको र घाइते सन्देशलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताए। स्थानीयका अनुसार मोटरसाइकल गाउँबाट खैराचोकमा आउँदै थियो भने ट्रक नारायणपुरबाट तुलसीपुरतर्फ जाँदै थियो। 

प्रतिगात्मक तस्वीर