प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

२०८१ पौष १, सोमबार ०८:१२ बजे

काठमाडौं – मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु भएको छ। प्रदेश १-०४-००२प १९०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङकै कटहरी गाउँपालिका-१ का ४५ वर्षीय उमेश मरिक र उनका २२ वर्षीय छोरा आशिक मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। घिनाघाट-विराटचोक सडक खण्डको झोराहाटस्थित नहरको पुलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बाबु-छोराको विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।