प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्थापितको वडाको मतगणना सुरु, बालेनको अग्रता कायमै

२०७९ जेठ ४, बुधबार ०९:२५ बजे

काठमाडौं – काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितले भोट खसाएको वडा हो ।

प्रारम्भिक २०० मत गन्दा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् । ६० मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ४६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहको ३३ मत छ ।

समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ । स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् ।