काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि पुगेका छन् । ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ ।
नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छिन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् ।