प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सवारी दुर्घटनामा सब-इन्जिनियरसहित दुई जनाको मृत्यु

२०७९ पौष १६, शनिबार ०५:०८ बजे

हेटौंडा – छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सर्लाहीको हरिपुर र ईश्वरपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शुक्रबार दिउँसो हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर मंलगवा सडकखण्डमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरोले ठक्कर दिँदा साइकलमा सवार हरिपुर – २ का ३५ वर्षीय चक्रेश्वर चौधरीको उपचारका लागि वीरगन्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी ईश्वरपुर नगरपालिका – १२ स्थित पूर्वपश्चिम राजमार्गमा ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार एक युवकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनुषाको धनुषाधाम नगरपालिका – ३ घर भएका ३० वर्षीय रोशन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी लालबन्दी नगरपालिकामा कार्यरत सबइन्जिनियर हुन्।