प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

ज्यान मार्ने मुद्दामा एक दम्पती सहित ५ जना पक्राउ

२०७९ असार २४, शुक्रबार ०७:४५ बजे

हेटौंडा – ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा एक दम्पतीसहित ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका–६ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ३३ वर्षीय धनबीर साह, ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका–८ बस्ने ५५ वर्षीया अमरिका देवी साह, सोही ठाउँ बस्ने २५ वर्षीया रन्जु साह र २२ वर्षीया अर्चना कुमारी साह रहेका छन् । जसमा धनबीर साह र सरिता देवी साह श्रीमान–श्रीमती हुन् ।

बलान बिहुल गाउँपालिका–५ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ४० वर्षीय विजय कुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनबीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरी टाउको लगायत शरीरको सम्बेदनशील अंगहरुमा प्रहार गरी घाइते बनाएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरू उपर ज्यान मार्ने उद्योग शीर्षकमा जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।