प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा पहिलो माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुचारू

२०८० आश्विन १५, सोमबार ०८:१८ बजे

मकवानपुर – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स प्रा.लि. को हेटौंडा शाखा आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।उद्घाटन कार्यक्रममा राजनीति, कानुन, आर्थिक क्षेत्रका साथै शिक्षा र पत्रकारितासहित विविध क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

न्यून आयस्तर भएकादेखि सामुहिक र ठूला लगानीका तथा उच्च मूल्याङ्कनका लगानीमा समेत वीमा सेवा सुविधा दिनेगरी स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले हेटौंडामा पहिलो माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुचारू भएको शाखा प्रबन्धक शर्मिला बलामी 'अपूर्व' ले बताइन् ।

विगतमा नेशनल लाइफ इन्स्योरेन्स लगायत संस्थामा ५ वर्ष अनुभव बटुल्नु भएको उनले यस संस्थामार्फत् लघु एवम् जीवन बीमा दुवै गर्न सकिने तथा अन्य बीमा कार्यालयमा आबद्ध रहेर पनि यस संस्थामार्फत् अभिकर्ताका रूपमा कार्य गर्न सकिने हुँदा यस संस्था अझ लचिलो रहेको उनले जानकारी दिइन् ।

एक वर्षे, दुई वर्षे वा पाँच वर्षे अवधिको 'फिक्स्ट टर्म' सुविधा न्यून आय भएकाहरूको लागि लक्षित गरिएको सुविधा हो । प्ले/एप स्टोरको एप्लिकेसनमार्फत् सेवालाई अझ सहज रूपमा विस्तार गरिरहेको क्रेस्टले नेपालबाट सुलभ र भरपर्दो लघु-बीमा समाधानहरूको साथ वित्तीय भविष्यको रक्षाको उद्देश्य लिएको छ भने हेटौंडास्थित कार्यालय पूरानो बैङ्क अफ काठमाण्डौं (वर्ल्ड लिङ्क) को भवनमा रहेको छ । यस वीमा शाखाको उद्घाटन कार्यक्रममा १०० बढी व्यक्तित्वहरूको आवागमन भएको थियो ।