हेटौंडा – लाबा मिडिया प्रालीको ब्यानरमा बनेको “आँखामा गाजल लाएर” गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । शुभराज भोम्जनको शव्द र संगीत रहेको गीतमा प्रकाश तितुङ तामाङ र जीतु लोप्चनले स्वर भरेका छन् ।
यस गीत आइताबार लाबा मिडियाको आधिकारीक युट्युब च्यानल लाबा मिडिया मार्फत सार्वजानिक गरिएको हो । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छायांकन गरिएको भिडियोमा पासाङ शेर्पा र एञ्जिला शेर्पाको अभिनय रहेको छ । गीतको मिक्सिङ दिपेश प्रधान र एरेञ्ज जोगलाल लामाले गरेका हुन् ।
्भिडियोको निर्देशन शुभराज भोम्जन र छायांकन तथा सम्पादन इजोक मगरले गरेका छन् । भिडियोमा कोरियाग्राफी देब दोर्जे लामाको रहदा ठिलेन शेर्पाले ्भिडियो निर्देशनमा सह–निर्देशकको भूमिका निर्वाह गरेका थिए । ठिलेन शेर्पाले काम गरेका छन् ।
भिडियो हेनुहोस्