प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मेयर बालेनको चेतावनीपछि ‘आदिपुरुष’ को संवाद सच्याइयो

२०८० असार १, शुक्रबार ०२:२७ बजे

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चेतावनीपछि दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् ।

“सीता भारतकी छोरी” भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् । मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए । उक्त फिलिमको संवादलाई लिएर जनस्तरबाट पनि विरोध भएको थियो । 

फिल्मबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।धार्मिक कथामा आधारित ‘आदिपुरुष’ शुक्रबारदेखि नै प्रदर्शनमा आउँदैछ ।